बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सामाजिक सञ्जालसम्बन्धी गुनासो सञ्चार मन्त्रालयको वेबसाइटबाट दर्ता गर्न पाइने


    हुलाक प्रेस

    • मंगलबार, माघ ९ २०८००९:२६
    सामाजिक सञ्जालसम्बन्धी गुनासो सञ्चार मन्त्रालयको वेबसाइटबाट दर्ता गर्न पाइने

    काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ।

    सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो। सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ।

    प्रयोगकर्ताको गुनासो सुनुवाईलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरिसकेको छ ।

    सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं सामाजिक सञ्जाल व्यवस्थापन इकाईका संयोजक रमेश पाण्डेयले जानकारी दिए।

    मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइनमा क्लिक गरेर वा सोझै https://mocit.gov.np/socialplatformcomplaint मा गएर गुनासो दर्ता गर्न सकिने छ।


    प्रतिक्रिया दिनुहोस