बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यू–१९ विश्वकप नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य


    हुलाक प्रेस

    • बुधबार, माघ १० २०८००६:१३
    यू–१९ विश्वकप नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

    काठमाडौं । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानलााई १९८ रनको लक्ष्य दिएको छ।

    निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै नेपालले १९७ रन बनाएको हो। नेपालका लागि ‌‌ओ‌पनर विपिन बोहोराले सर्वाधिक ३९ रन जोडेका थिए। दीपक डुम्रेले २६, कप्तान देव खनालले २३ रन जोड्दा सुवास भण्डारीले २० रन जोडे भने गुलशन झाले १८ तथा आकाश चन्दले १५ रन जोडे।

    दीपेश कँडेलले १३ रन जोड्‍दा ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीले ६/६ रन बनाए भने उत्तम थापामगर ४ रनमा आउट भए।

    पहिलो पावर प्लेमा दुई विकेट गुमाए पनि नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। तर पाकिस्तानी स्पिनरसामु मध्यक्रमका नेपाली ब्याटर धराशायी बने। 

    पाकिस्तानका लागि अरफत मिनासले ३ विकेट लिए। यस्तै अहमद हुसैन र उबैद साहले २/२ तथा खुबैब खलिल, महम्मद जिसान र अली असफन्दले १/१ विकट लिए। 


    प्रतिक्रिया दिनुहोस