बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एक लाख पचास हजार घुस लिने मालपोत अधिकृत भ्रष्टाचारी ठहर


    हुलाक प्रेस

    • शुक्रबार, माघ १२ २०८००७:०८
    एक लाख पचास हजार घुस लिने मालपोत अधिकृत भ्रष्टाचारी ठहर

    काठमाडौं । विशेष अदालत काठमाडौँले सेवाग्राहीसँग घुस लिने ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई भ्रष्टाचारी ठहर गरेको छ।

    शुक्रबार विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो।

    घुस लिँदालिँदै पक्राउ परेकी महतलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। जग्गा नामसारी गरिदिए बापत उनले घुस लिँदा फुङ्लिङको एक घरबाट रंगेहात पक्राउ परेकी थिइन्।

    विशेषले त्यही मुद्दामा प्रतिवादी बनाएको भनावना महतलाई भने सफाइ दिएको छ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस