बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यू-१९ का स्पिनर सुवासलाई आईसीसीले गर्‍यो कारबाही


    हुलाक प्रेस

    • शनिबार, माघ १३ २०८००९:४८
    यू-१९ का स्पिनर सुवासलाई आईसीसीले गर्‍यो कारबाही

    काठमाडौं । नेपालका स्पिनर सुवास भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को कारबाहीमा परेका छन् ।

    दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् ।

    उनलाई आईसीसीले एक डेमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो । त्यसैको कारण आईसीसीको आचार संहिता २.९ अनुसार उनी कारबाहीमा परेका हुन् ।

    एक डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डेमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ ।

    नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालले अव भारत र बंगलादेशसँग खेल्नेछ ।


    प्रतिक्रिया दिनुहोस