बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चलचित्र ‘खजुरे ब्रो’मा हर्क साम्पाङको विशेष भूमिका


    हुलाक प्रेस

    • सोमबार, माघ १५ २०८००२:००
    चलचित्र ‘खजुरे ब्रो’मा हर्क साम्पाङको विशेष भूमिका

    काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’मा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अभिनय गरेका छन् । धरानमा केही समयदेखि छायांकन भइरहेको चलचित्रमा साम्पाङले अतिथि कलाकारको भूमिकामा काम गरेका छन् । 

    सिनेमामा साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण पक्षले जनाएको छ । सिनेमाका कार्यकारी निर्माता डायमण्ड उप्रेतीका अनुसार धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्यले नगरप्रमुखलाई विशेष भूमिकामा खेलाइएको हो । 

    ‘खजुरे ब्रो’ पारिवारिक व्यंग्यामत्मक ‘लाइट कमेडी’ जनरामा आधारित चलचित्र हो ।  

    निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’मा रेयर राई, महेश त्रिपाठी, नीति शाह मुख्य भूमिकामा छन् ।


    प्रतिक्रिया दिनुहोस