बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • 'गोल्ड मेडलिस्ट' उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर, १ वर्ष जेल सजाय


    हुलाक प्रेस

    • शुक्रबार, माघ १९ २०८००७:२१
    'गोल्ड मेडलिस्ट' उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर, १ वर्ष जेल सजाय

    काठमाडौं । घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका प्राविधिक उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

    अदालतले उनलाई एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।  १७ साउन २०७९ मा अख्तियारको टोलीले उनलाई घुस लिंदा लिदै पक्राउ गरेको थियो । अख्तियारले नै उनी विरुद्द भ्रष्ट्राचार मुद्दा हालेको थियो । 

    उनी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दाका ‘गोल्ड मेडलिस्ट’ हुन् । सरकारी सेवामा प्रवेश गरेपछि पनि उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पाएका थिए । बेलायतमा अध्ययन सकेर उनी नेपाल फर्किएको ८ महिना पछि घुस सहित समातिएका थिए । 

    छात्रवृत्तिमा विदेशमा पढेर फर्किएपछि पाल्पाका उनी पर्यटन मन्त्रालयमा काम गर्न थालेका थिए । तर, ८ महिनामै साढे २२ लाख घुससहित अख्तियारको फन्दामा परेका थिए । पर्यटन व्यवसाय (प्याराग्लाइडिङ) को अनुमतिका लागि उपसचिव नेपालले घुस लिएका थिए । उनी चढ्ने गाडीमा खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ भेटिएको थियो ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस