बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज किन बन्द भयो देशभरको सिनेमा हल ?


    हुलाक प्रेस

    • सोमबार, माघ २२ २०८०११:३४
    आज किन बन्द भयो देशभरको सिनेमा हल ?

    काठमाडौं । देशभरका सिनेमा हल आज बन्द भएका छन् । सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार आज देशभरका सिनेमा हल बन्द भएका हुन् । 

    संघले मूल्यअभिवृद्धिबाहेकका ‘अव्यावहारिक’ कर खारेजीको माग गर्दै सांकेतिक विरोधस्वरूप एक दिन हल बन्द गर्ने निर्णय गरेको थियो । 

    सरकारको अव्यावहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसायी धराशायी हुने अवस्थामा पुगेको भन्दै आज सञ्चालकहरूले हल बन्द गरेका हुन् । अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रूपमा विरोधस्वरूप आज एक दिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गरिएका हुन् । 

    ३३ प्रतिशतभन्दा धेरै कर लगाइएको भन्दै संघले सरकारको दोहोरो कर प्रणालीले हल बन्द हुने अवस्थामा पुगेको बताउँदै आएको छ । 


    प्रतिक्रिया दिनुहोस