बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इन्साइडर ट्रेडिङको मुद्दा अब प्रहरीले हेर्ने, दोषी ठहर भए ३ वर्षसम्म कैद सजाय हुने


    हुलाक प्रेस

    • बिहीबार , माघ २५ २०८००९:१८
    इन्साइडर ट्रेडिङको मुद्दा अब प्रहरीले हेर्ने, दोषी ठहर भए ३ वर्षसम्म कैद सजाय हुने

    काठमाण्डौ । नेपाल सरकारले हालै प्रतिनिधिसभाबाट पारित गरेको धितोपत्र सम्बन्धी ऐन अब सरकारबादी मुद्दा हुने भएको छ ।  

    मंगलबार मात्रै सरकारले प्रतिनिधिसभाबाट यस्तो प्रस्ताव पास गरेको हो । अब सेयर बजारमा कसैले इन्साइडर ट्रेडिङ गरेको पुष्टि भएमा, भ्रामक सूचना सम्प्रेषण गरेमा वा जालसाजीपूर्ण काम गरेको पुष्टि भएमा अब धितोपत्र ऐनअनुसार ३ बर्ष जेल सजाय हुनेछ ।  

    यसअघि ५० हजारसम्म जरिवाना र एक बर्ष मात्रै जेल सजाय हुने व्यवस्था थियो । अब भने यस्तो जरीवाना  ५० हजार रुपैयाँबाट बढाएर ४ लाख रुपैयाँसम्म र जेल सजाय पनि एक बर्षबाट बढाएर ३ बर्षसम्मको व्यवस्था हुनेछ।

    अब आउने कानूनमा लगानीकर्ता क्षतिपूर्ति कोषको पनि व्यवस्था हुनेछ । उक्त ऐनमा इण्डेक्स फ्युचर र डेरिभेटिभ मार्केटको विषयमा पनि कानूनी व्यवस्था आउनेछ । मंगलबार प्रतिनिधिसभाबाट पास भएको ऐनमा धितोपत्रसम्बन्धी कसूर प्रहरी प्रधान कार्यालयले हेर्नसक्ने पनि व्यवस्था गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस