बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मध्य भोटेकोशीको घाटा ६०.९४% ले घट्यो , कति छ ईपीएस ?


    हुलाक प्रेस

    • शुक्रबार, माघ २६ २०८००८:५२
    मध्य भोटेकोशीको घाटा ६०.९४% ले घट्यो , कति छ ईपीएस ?

    काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको घाटा १ करोड २ लाख रुपैयाँ रहेको छ । 

    यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६०.९४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा २ करोड ६३ लाख रुपैयाँ थियो ।  

    कम्पनीको वित्त आम्दानी ९ लाख ६५ हजार रुपैयाँ रहेको छ । विद्युत बिक्रीमार्फत भने कम्पनीले कुनै पनि आम्दानी गरेको छैन । कम्पनीको प्रशासनिक खर्च भने १ लाख ८६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।  

    कम्पनीको रिटेन्ड अर्निङ ४० करोड ३६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको नगद मौज्जाद ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।  

    समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.३४ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९३.२७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२०.१९ र तरलता अनुपात १.४९ गुणा कायम भएको छ । 


    प्रतिक्रिया दिनुहोस