बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर


    हुलाक प्रेस

    • आइतबार, माघ २८ २०८०१०:३९
    माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), झापाका नेता रेवतराज पुरी ‘गगन’सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन‍्। विशेष अदालतले उनीहरुलाई सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर गरेको हो।

    गगन र उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका हुन्। अदालतले सजाय निर्धारणका लागि आगामी फागुन ६ गते पेसी तोकेको छ।

    झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक-१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

    नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको छ। पुरीले सरकारी जग्गा हडपेको भन्दै उनी विरुद्ध १२ करोड १३ लाख ७२ हजार १७८.८६ रूपैयाँ बिगो दाबी गरिएको थियो।

    यो मुद्दामा मनमाया पुरी र देवकुमारी पुरीले सफाइ पाएका छन् भने कृष्णकुमारी पुरी र सं‌गीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको छ। 


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस