बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन


    हुलाक प्रेस

    • सोमबार, माघ २९ २०८००२:२८
    आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् ।

    सेबोनमा आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा कालिञ्चोक हाईड्रोपावर र स्वस्तिक लघुवित्त वित्तीय संस्था रहेका छन् ।  

    कालिञ्चोक हाईड्रोपावरले माघ २२ गते र स्वस्तिक लघुवित्तले माघ २४ गते आवेदन दिएको हो । कालिञ्चोक हाईड्रोले स्थानिय र आम सर्वसाधारणका लागि रु.१०० अंकित दरका ७ करोड ५० लाख रुपैयाँबराबरको ७ लाख ५० हजार कित्ता र स्वस्तिक लघुवित्तले रु. १०० अंकित दरका ८० लाख रुपैयाँको ८० हजार कित्ता आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् ।  

    कालिञ्चोक हाईड्रोको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ र स्वस्तिक लघुवित्तको नविल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् ।    


    प्रतिक्रिया दिनुहोस