बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अनिल र देवलाई समेट्दै लिग-२ खेल्ने टोली घोषणा


    हुलाक प्रेस

    • बुधबार, फागुन २ २०८००९:२३
    अनिल र देवलाई समेट्दै लिग-२ खेल्ने टोली घोषणा

    काठमाडौं । बिहीबारदेखि घरेलु मैदानमा हुने आईसीसी लिग-२ त्रिकोणात्मक सिरिज खेल्न ओपनर अनिल शाह र देव खनाललाई समेट्दै टोली घोषणा भएको छ । 

    अनिल र देवले १५ सदस्यीय टोलीमा स्थान बनाउँदा रिजन ढकाल र अर्जुन साउद भने बाहिरिएका छन् । नेपाल क्रिकेट संघ क्यानले बुधबार घोषणा गरेको टोलीमा क्यानडाविरुद्धको ओडीआई सिरिजमा आक्रामक प्रर्दशन गरेका अनिलले अन्तिम १५ सदस्यीय टोलीमा स्थान बनाएका हुन् ।

    यसअघि क्यानडाविरुद्धको टोलीबाहिर रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा टोलीमा छन् ।  नेपालले बिहीबार नामिबियासँग खेल्दै लिग-२ को सुरुवात गर्नेछ। शनिबार नेदल्यान्ड्ससँग खेल्नेछ । 

    लिग-२ खेल्ने टोली
    रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल शाह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ


    प्रतिक्रिया दिनुहोस