बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सीआईबीले शंकास्पद १ लाख २ हजार लाइसेन्सको छानबिन अघि बढाउने


    हुलाक प्रेस

    • बुधबार, फागुन २ २०८०१०:५६
    सीआईबीले शंकास्पद १ लाख २ हजार लाइसेन्सको छानबिन अघि बढाउने

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले वितरण भएको १ लाख २ हजार शंकास्पद लाइसेन्सको छानबिन अघि बढाएको छ । पछिललो ८ वर्षमा वितरण भएका १ लाख ब९ी लाइसेन्स शंकास्पद देखिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

    यातायात व्यवस्था विभागले शंकास्पद लाइसेन्सको बारेमा पत्र लेखेर छानबिन गर्न भनेपछि सीआईबीले अनुसन्धान थालेको ब्यूरोकी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले बताइन् ।

    नवीकरण गर्ने वा वर्ग थप्ने नाममा पुरानो कागजको लाइसेन्स देखाएर ट्रायल र परीक्षाबिनै लाइसेन्स वितरण गरेको फेला परेपछि विभागले यसबारे छानबिन गरेको थियो ।

    यसबारे उजुरी परेपछि विभागले सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको नेतृत्वमा अधिकृतहरु अर्जुन अधिकारी, बोधराज बराल र सीआईबीका डीएसपी डा. तपनकुमार दाहाल सदस्य रहेको समिति बनाएर छानबिन गरेको थियो । लाइसेन्सको विषयलाई लिएर मोहन वैद्य नेतृत्वको माओवादीका कार्यकर्ताहरुले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई कार्यालयमा दुर्व्यवहारसमेत गरेका थिए । त्यसपछि विभागले यसमा अनुसन्धान अघि बढाउन सीआईबीलाई तोकेता गरिरहेको छ ।


    प्रतिक्रिया दिनुहोस