बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ : सुखद सुरुआतको लक्ष्यमा नेपाल


    हुलाक प्रेस

    • बिहीबार , फागुन ३ २०८००९:०४
    आईसीसी क्रिकेट विश्वकप लिग–२ : सुखद सुरुआतको लक्ष्यमा नेपाल

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले अफ्रिकी प्रतिद्वन्दी नामिबियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । 

    आजबाट घरेलु मैदानमा हुने त्रिदेशी शृंखलामा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा छ । 

    “तयारीको कुरा गर्दा क्यानडासँगको शृंखला हाम्रो लागि निक्कै महत्वपूर्ण थियो । उक्त शृंखलामा सबैजना राम्रो लयमा देखिएका छन् । त्यो तयारी हाम्रो एकदमै राम्रो थियो,” शृंखलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, “लिग–२ को कुरा गर्दा सन् २०१९–२३ सम्म भएको बेला हामीले सुरुआत राम्रो गर्न सकेका थिएनौँ । एकदमै महत्वपूर्ण प्रतियोगिता भएकाले यसपटक हामी सुखद सुरुआत गर्ने लक्ष्यमा छौँ । पूरा टिम उत्साहित छ ।”


    प्रतिक्रिया दिनुहोस