बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतद्वारा मौसम स्याटेलाइट प्रक्षेपण


    हुलाक प्रेस

    • आइतबार, फागुन ६ २०८००१:३३
    भारतद्वारा मौसम स्याटेलाइट प्रक्षेपण

    काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ।

    जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान भूउपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट स्थानीय समयअनुसार साँझ ५ः३५ मा उडेको थियो ।

    उक्त भेहिकलले भूउपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रक्षेपण गरेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेको छ।

    इसरोका अनुसार स्याटेलाइट परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि भूमि र समुद्र सतहहरूको निगरानीको लागि डिजाइन गरिएको हो।

    २ हजार २ सय ७४ केजी तौल भएको उक्त स्याटेलाइटले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने छ।


    प्रतिक्रिया दिनुहोस