बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चैत्र १ देखि संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने


    हुलाक प्रेस

    • बिहीबार , फागुन १० २०८००१:४८
    चैत्र १ देखि संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने

    काठमाडौं । संस्थागत निक्षेपकर्ताले २०८० चैत्र १ देखि बढी ब्याज पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मार्फत  संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो ।

    राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै यो व्यवस्था २०८० चैत १ देखि लागु हुने जनाएको थियो। हाल संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ। अब यो ब्याजदर १ प्रतिशत विन्दुले कम हुँदा संस्थागत निक्षेपकर्ताले केहि बढी ब्याज पाउने छन्  ।

    नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुको लागि नयाँ निर्देशन जारी गरेको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक, र फाइनान्स कम्पनीको लागि नयाँ निर्देशन जारी गरेको हो।

    dd.jpg

    dd2.jpg


    प्रतिक्रिया दिनुहोस