बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोत्तम सिमेन्टको आईपीओमा हारालुछ,पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन


    हुलाक प्रेस

    • आइतबार, फागुन १३ २०८०१०:२३
    सर्वोत्तम सिमेन्टको आईपीओमा हारालुछ,पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन

    काठमाडौं । आइतबारदेखि निष्कासन भएको सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा तीन गुणा बढी आवेदन परेको छ ।

    प्रतिकित्ता मूल्य रु ३६०.९० रुपैयाँमा निष्कासन भएको कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन परेको हो ।  

    आइतबार कम्पनीको आईपीओमा १ लाख ५६ हजार २ सय ७ आबेदकबाट ८६ लाख ६० हजार ६४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको हो ।  

    लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।  

    यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १६ गते  र ढिलोमा फागुन २७ गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

    यसका साथै  लगानीकर्ताले ुमेरो सेयरुबाट  समेत आवेदन दिन सक्नेछन्।

    कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको  थियो ।  बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट देशकै पहिलो कम्पनी हो ।  


    प्रतिक्रिया दिनुहोस