बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, केमा कति घट्यो ?


    हुलाक प्रेस

    • आइतबार, असोज २८ २०८००७:५८
    पेट्रोलियम पदार्थको मूल्य घट्यो, केमा कति घट्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुनेगरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

    इन्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ घटाइएको छ। यस्तै मट्टितेल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको छ।

    ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्य सूचीअनुसार अब पेट्रोलमा प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टीतेल १६८ रुपैयाँ पर्नेछ। 

    press-bigyapti.jpg


    प्रतिक्रिया दिनुहोस