बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अर्काको नामबाट घरजग्गा कारोबार गर्ने सिंह सम्पत्ति शुद्धीकरणमा दोषी ठहर


    हुलाक प्रेस

    • मंगलबार, फागुन १५ २०८०१०:०६
    अर्काको नामबाट घरजग्गा कारोबार गर्ने सिंह सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

    काठमाडौं । अर्काको नामबाट घरजग्गा कारोबार गर्ने सुनिलकुमार सिंह सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् ।

    विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजालासले मंगलबार सिंहलाई दोषी ठहर गरेको हो । सिंहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति घरजग्गा कारोबारमा लगाएको पाइएको छ ।

    सिंहले सम्पत्तिको स्रोत लुकाउनका लागि मीना कार्कीको नामबाट कारोबार गरेको पाइएको छ । विशेष अदालतले सिंहले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ३ (१) को खण्ड (क) बमोजिमको कसुर गरेको ठहर छ । 

    उनले कारोबारका लागि प्रयोग गरेकी कार्कीलाई भने कसुर प्रमाणित नभई मतियारको भूमिकामा विशेष अदालतले दोषी ठहर गरेको छ । दोषी र मतियार दुवैलाई सजाय निर्धारणका लागि यही फागुन २४ गतेको पेसी तोकिएको छ ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस