बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आदनचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    हुलाक प्रेस

    • बुधबार, फागुन १६ २०८००८:४७
    आदनचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको आदनचुली गाउँपाालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित १० जनाविरुद्ध आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पाण्डेसहित उनीहरुविरुद्ध ४२ लाख, २९ हजार ३५८ रुपैयाँ हिनामिना गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।

    आयोगले पाण्डेहित इन्जिनियर मकरध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा रहेका सरफाई टेक्निसिन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपाली, वडा नम्बर ३ का वडाअध्यक्ष दत्त विष्ट, गाउँपालिका उपप्रमुख सौमती रावल ऐडी, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमाटा, उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाया र कोषाध्यक्ष सिर्जना बुमीविरुद्ध आरोपपत्र दायर गरेको हो ।  

    सो गाउँपालिकाको ढकुनाकुनादेखि मुढेघट्टसम्म सिञ्चाई निर्माण सम्झौता गर्दा झुट्टो बिलविजक तयार गरेर रकम हिनामिना गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस