बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोत्तम सिमेन्टको प्राथमिक आईपीओमा १९ गुणा बढी आवेदन, ५५ हजारले मात्र पाउँछन्


    हुलाक प्रेस

    • बुधबार, फागुन १६ २०८००९:१९
    सर्वोत्तम सिमेन्टको प्राथमिक आईपीओमा  १९ गुणा बढी आवेदन, ५५ हजारले मात्र पाउँछन्

    काठमाडौं  । अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका छन्। सीडीएस एण्ड क्लियरिङ कम्पनीका अनुसार कम्पनीको आईपीओमा १९.३ गुणा बढी आवेदन परेको हो। 

    कम्पनीले कूल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाएको थियो। तर आवेदकले कूल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन्। कूल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको हो। सो रकम आवेदककै बैंक खातामा ब्लक भएको छ।

    बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो। बुक बिल्डिङबाट खुलेको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ।

    तर, कतिपय आवेदकले ५० भन्दा थोरै १० कित्ताका लागि पनि आवेदन दिएका छन्। ५० भन्दा कम आवेदन दिएकाहरुको आवेदन स्वतः रद्द हुनेछ। त्यो संख्या कटाएर शेयर पाउनेको छनोट हुनेछ।  

    करिब ५५ हजार ५ सयले पाउनेछन् सेयर पाउनेछन भने अरु रित्तो हात हुने छ। 
    आईपीओ भर्ने ९४ प्रतिशत बढीको हात रित्तो हुनेछ। यदि १० लाखले आईपीओ भरेको खण्डमा ५‍.५ प्रतिशतले मात्रै आईपीओ पाउने छन्।

    कम्पनीले कूल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ। न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ। जसअनुसार ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने छन्। बाँकी सबैको हात्त रित्तो हुनेछ।


    प्रतिक्रिया दिनुहोस