बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नितेश तिवारीको ‘रामायण’ मा सनि देवलको इन्ट्री


    हुलाक प्रेस

    • सोमबार, असोज २९ २०८००९:०७
    नितेश तिवारीको ‘रामायण’ मा सनि देवलको इन्ट्री

    काठमाडौं । नितेश तिवारीको निर्देशनमा बन्न लागेको बलिउड फिल्म ‘रामायण’  लामो समयदेखि चर्चामा छ। यो फिल्मको स्टारकास्टलाई लिएर विभिन्न समाचारहरु आइरहेका छन्। फिल्म रामायणमा रणवीर कपुर र साई पल्लवी भगवान राम र माता सीताको भूमिकामा देखिने बताइएको  छ। 

    यो फिल्ममा साउथ स्टार यशले रावणको भूमिकामा अभिनय गर्नेछन्। फिल्म रामायणमा भारतीय सुपरस्टार सनि देवल देखिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। नितेश  तिवारी र उनको टिममा रामायणमा सनिलाई रामायणको भूमिका निर्वाह गर्न अनुरोध गरिरहेका छन्।

    सनि देवल पनि हनुमानको भूमिकाका लागि निकै उत्साहित देखिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। 


    प्रतिक्रिया दिनुहोस