बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चैतका लागि १७ बैंकले ब्याजदर घटाए, एनआइसीको मात्रै बढ्यो


    हुलाक प्रेस

    • बुधबार, फागुन ३० २०८००१:०७
    चैतका लागि १७ बैंकले ब्याजदर घटाए, एनआइसीको मात्रै बढ्यो

    काठमाडौं । चैत महिनाका लागि १७ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । पछिल्लो समय निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरुले चैत महिनाका लागि पनि घटाएका हुन् । 

    १७ बैंकले ब्याजदर घटाउँदा २ वटाले भने स्थिर राखेका छन् । त्यसैगरी १ वटा बैंकले भने ब्याजदर बढाएको छ । ब्याजदर स्थिर राख्नेमा प्रभु बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । फागुन महिनाका लागि व्यक्तिगत निक्षेपको  ग्लोबल आइएमईको ७.६ र प्रभुको ७.५ प्रतिशत रहेको थियो । चैतमा पनि सो दर कायम राखेका छन् । 

    यता एनआइसी एशिया बैंकले भने ब्याजदर बढाएको छ । एनआइसीले चैतका लागि ८ प्रतिशतबाट ८.५४ प्रतिशत पुर्याएको छ । 

    data.jpg
    undefined


    प्रतिक्रिया दिनुहोस