बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पूँजीकोषको व्यवस्थापनका लागि नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने


    हुलाक प्रेस

    • बिहीबार , चैत १ २०८००३:१३
    पूँजीकोषको व्यवस्थापनका लागि नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने

    काठमाडौं । नबिल बैंक लिमीटेडले प्रिपेचुअल प्रकृति(अपरिवर्तनीय प्रकृति)को अग्राधिकार सेयर र ८ वर्षे अवधिको ऋणपत्र निश्कासनको निर्णय गरेको छ।  

    बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत दरको सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर र '८% नवील डिवेञ्चर-२०८९'(८ वर्ष अवधिको)को जारी गर्ने निर्णय गरेको हो ।  

    नेपाल राष्ट्रबैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा रु. १०० का दरले ५ करोड इकाई अर्थात ५ अर्ब बराबरको ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने र सेयरको रकम फिर्ता नहुने(प्रिपेचुअल) प्रकृतिको अग्राधिकार सेयर व्यक्तिगत तवर(प्राइभेट प्लेसमेन्ट)बाट मात्र बिक्री गरिने गरी जारी गर्ने निर्णय भएको बैंकले जनाएको छ । 

    यस्तै, नियामक निकायहरुबाट स्वीकृत प्राप्त भएपछि वार्षिक ८ प्रतिशत नै ब्याज पाउने गरी '८% नवील डिवेञ्चर २०८९'(८ वर्ष अवधिको) जारी गर्ने निर्णय समेत भएको छ ।


    प्रतिक्रिया दिनुहोस