बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कुमारी बैंकको १.६१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


    हुलाक प्रेस

    • सोमबार, चैत ५ २०८००२:३८
    कुमारी बैंकको १.६१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६१ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

    बैंकले संस्थापक सेयरधनी र सर्वसाधारण दुवैका लागि खरिद आवेदन खुलाएको जनाएको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५८ हजार ३६३ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि र ३ हजार ५८७ कित्ता सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।  

    इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

    १ लाख ५८ हजार ३६३ कित्ता सेयरका लागि तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।  

     


    प्रतिक्रिया दिनुहोस