बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत, कति मूल्यमा होला पहिलो कारोबार ?


    हुलाक प्रेस

    • सोमबार, चैत ५ २०८००९:२१
    नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत, कति मूल्यमा होला पहिलो कारोबार ?

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत भएको छ । आज सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

    सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।

    शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार हुन सक्ने छ। मंगलबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । 


    प्रतिक्रिया दिनुहोस