बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो


    हुलाक प्रेस

    • सोमबार, चैत १२ २०८००४:१२
    आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

    काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ ।

    टी-यू क्रिकेट मैदानमा १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका । आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक/एक विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

    आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

    अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

     


    प्रतिक्रिया दिनुहोस