बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको निर्वाचन प्रक्रिया स्थगित,सर्वोच्च अदालतले दियो अन्तरिम आदेश


    हुलाक प्रेस

    • सोमबार, चैत १९ २०८०१०:०१
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको निर्वाचन प्रक्रिया स्थगित,सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको निर्वाचन प्रक्रिया स्थगित भएको छ । आगामी चैत २० गते सञ्चालन आयोजना हुन लागेको ३७ औं वार्षिक साधारण सभामा प्रस्ताव गरिएको संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको निर्वाचन स्थगित भएको हो ।  

    उक्त सभामा सामान्य प्रस्तावको बूँदा नं. ५ अन्तर्गतको संस्थापक सेयरधनीहरुको तर्फवाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फवाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेकोमा सर्वोच्च अदालतबाट चैत १८ गते मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्न अन्तरिम आदेश भएकाले उक्त निर्वाचन प्रकृया हाललाई स्थगित गरिएको बैंकले जनाएको छ ।  


    प्रतिक्रिया दिनुहोस