बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज कृषि बिकास र हिमालयन बैंकका यि शाखाहरु खुला रहने


    हुलाक प्रेस

    • सोमबार, चैत २६ २०८००८:५७
    आज कृषि बिकास र हिमालयन बैंकका यि शाखाहरु खुला रहने

    काठमाडौं । आज कृषि विकास बैंक र हिमालयन बैंकका काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखा कार्यालयहरु खुल्ला रहने भएका छन् । आज घोडेजात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि यी दुई बैंकका विभिन्न शाखा कार्यालय भने खुल्ला रहनेछन् ।  

    आज कृषि विकास बैंकको राशाहपथ,महाराजगञ्ज,कोटेश्वर,स्वयम्भु,मंगलबजार,कालिमाटी,मैतिदेवी,दुधपाटी र गठ्ठाघर शाखा कार्यालयहरु खुल्ला रहने छन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछन् ।  

    यस्तै हिमालयन बैंकका ठमेल शाखा कार्यालय(९ बजेदेखि १२ बजेसम्म),पाटन(१२ देखि ३),न्यूरोड(३ देखि ६),सूर्यविनायक(१० देखि १.३०),कुमारीपाटी(१० देखि १.३०) र महाराजगञ्ज शाखा कार्यालय(१० देखि १.३० बजेसम्म)खुल्ला रहनेछन् ।   

     


    प्रतिक्रिया दिनुहोस