बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ?


    विद्या राजपुत

    • शुक्रबार, चैत ३० २०८०१०:१३
    १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

    काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ५ वटाले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन । साथै २ वटा बैंकले भने ब्याजदर बढाएका छन् ।  

    वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपतर्फ वैशाख महिनाका लागि औषत ७।०७ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएका छन् । 

    बैंकहरुमा अधिक तरलता थुप्रिएको र सोही अनुपातमा कर्जा प्रवाह हुन नसकेका कारण बैंकहरुले निक्षेपको ब्याजदरमा कटौती गरिरहेका छन् । 

    वैशाख महिनाका लागि यस्तो छ बैंकले सार्वजनिक गरेको ब्याजदर 

    कृषि विकास बैंक

    कृषि विकास बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ५.६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । चैत महिनाका लागि पनि बैंकले यहि ब्याजदर कायम गरेको थियो ।  

    एनआईशी एशिया बैंक  

    बैंकले चैत  महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत र संस्थागततर्फ अधिकतम ६.७०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ९.३३ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

    नेपाल बैंक लिमिटेड

    बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । चैत महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

    कुमारी बैंक  

    कुमारी बैंकले पनि चैत महिनाका लागि ब्याजदरमा कर्टाती गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.११ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम  ७.११ प्रतिशत र संस्थागततर्फ  ६.५१ प्रतिशत ब्याजदर तोकेको थियो ।  

    स्ट्याण्डर्ड चाटर्ड बैंक

    बैंकले चैत महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ं२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

    प्रभु बैंक  

    प्रभु बैंकले पनि वैशाख महिनका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाखका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ भने ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

    एभरेष्ट बैंक  

    बैंकले चैत महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ ५.५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।  

    एनएमबी बैंक  

    बैंकले पनि वैशाख महिनाका लागि ब्याजदर वृद्धि गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।  

    हिमालयन बैंक  

    हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।  

    सिटिजन्स इन्टरनेशनल बैंक

    बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।  

    राष्ट्रिय वाणिज्य बैंक  

    चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

    सानिमा बैंक  

    बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिना ७.२५ र ६.२५ प्रतिशत रहेको थियो ।  

    प्राइम कमर्सियल बैंक  

    बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर रहेको थियो ।  

    माछापुच्छ्रे बैंक  

    चैत महिनाका लागि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर रहेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।  

    नेपाल एसबीआई बैंक  

    बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर रहेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

    बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन चैत महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत रहेको थियो ।  

    लक्ष्मी सनराइज बैंक  

    बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर रहेको थियो ।  

    सिद्धार्थ बैंक  

    बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ । चैत महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम थियो ।  

    नविल बैंक  

    वैशाख महिनाका लागि नविल बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ । चैत महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।  

    ग्लोबल आइएमई बैंक  

    बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ । जुन चैत महिनामा व्यक्तिगततर्फ ७.६ र संस्थागततर्फ ६.६ प्रतिशत रहेको थियो ।   

     




    प्रतिक्रिया दिनुहोस