बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी


    हुलाक प्रेस

    • शनिबार, वैशाख १ २०८१०७:२४
    दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

    काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन् । शनिबार एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्ध भएको खेलमा ऐरीले एकै ओभरमा ६ छक्का हिर्काएका हुन् । 

    ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले कतारविरुद्ध २ सय १० रन हानेको छ । सो खेलको अन्तिम ओभरमा ऐरी एक्लैले लगातार ५ छक्का हानेका हुन् । 

    यसअघि उनले मंगोलिविरुद्ध दुई फरक ओभरमा ६ छक्का हानेका थिए । एकै ओभरमा भने यो पहिलोपटक हो । २१ बल खेलेका उनले ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन जोडे । 


    प्रतिक्रिया दिनुहोस