बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • १० वटा वाणिज्य बैंकको सेयरमूल्य २०० भन्दा तल


    हुलाक प्रेस

    • बुधबार, वैशाख १२ २०८१०७:५२
    १० वटा वाणिज्य बैंकको सेयरमूल्य २०० भन्दा तल

    काठमाडौं । दोस्रो बजारमा कारोबार भईरहेका अधिकांश वाणिज्य बैंकहरुको सेयर निकै सस्तो मूल्यमा पाउन थालेका छन् । पछिल्लो समय सेयर बजारमा आईरहेको गिरावट र बैंकहरुको वित्तीय विवरण पनि सन्तोषजनक आउन नसकेका कारण वाणिज्य बैंकहरुको सेयरमूल्य सस्तौ भाउमै पाइन थालेका हुन् ।  

    बैंकहरुको संस्थापक सेयर नभएर सर्वसाधारण समूह कै १० वटा कम्पनीको सेयर २ सय तल पाइन्छ । त्यसमा पनि ५ वटा बैंकको सेयर त बुक भ्यालु भन्दा पनि सस्तो छन् । अहिले दोस्रो बजारमा सर्वसाधारणतर्फ सबै भन्दा सस्तो सेयर कुमारी बैंकको रहेको छ । यो बैंकको सेयरमूल्य १३२ रुपैयाँ पुगेको छ । यो बैंकको बुक भ्यालु १३६.७ रुपैयाँ रहको छ ।

    ५ सय भन्दा कम भएका बैंक

    bank value 500.png

    २ सय भन्दा कम भएका बैंक

    bank value 200.png

     

    दोस्रो बजारमा एउटा समय हुन्छ, जब पैसा महंगो हुन्छ, तर सेयरको भाउ भने सस्तो हँदै जान्छ । अहिले दोस्रो बजारमा सेयरको मेला नै लागेको छ ।  त्यसैले, लगानीकर्ताले बजारमा हल्लाको पछि लागेर कसैले सामाजिक सञ्जालमा भनेकै भरमा लगानी गर्नु भन्दा यस्ता कम्पनीमा लगानी गर्नु अहिलेको अवस्थामा कम जोखिमपूर्ण हुने देखिन्छ ।  

     


    प्रतिक्रिया दिनुहोस