शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  •  नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौँथो खेल आज, जित्नै पर्ने दवावमा नेपाल


    हुलाक प्रेस

    • बिहीबार , वैशाख २० २०८१०८:४४
     नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौँथो  खेल आज, जित्नै पर्ने दवावमा नेपाल

    काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच चलिरहेको ट्वान्टी–२० शृंखलाको चौँथो खेल आज हुनेछ । 

    चौँथो  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ स् १५ बजे सुरु हुनेछ । 

    पाँच खेलको ट्वान्टी–२० शृंखलामा पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराउँदै जित हासिल गरेको थियो भने दोस्रो र तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई पराजित गरेको थियो ।

    आजको चौँथो खेलमा नेपाल जित्ने दवावमा छ । आजको खेलमा  वेस्ट इन्डिज ‘ए’ सँग पराजित भए नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाउनेछ ।

    ट्वान्टी–२० शृंखलाको पाँचौं तथा अन्तिम खेल शनिबार हुने तालिका छ । 

     


  • सम्बन्धित विषय:

  • # #cricket
  • प्रतिक्रिया दिनुहोस