बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • 'ट्विटर' पूर्णरूपमा 'एक्स' बन्यो


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ४ २०८१०५:०४
    'ट्विटर' पूर्णरूपमा 'एक्स' बन्यो

    काठमाडौं । पहिला 'ट्विटर' भनेर चिनिने सामाजिक सञ्जाल प्लेटफर्मले आफ्नो सबै सिस्टम 'एक्सडटकम'का रूपमा परिमार्जन गरेको छ ।

    यसको अर्थ अब कुनै पनि ब्राउजरमा 'ट्विटरडटकम' भनेर सर्च गर्दा 'एक्सडटकम' वेबसाइटमा रिडाइरेक्ट हुनेछ ।

    एक्सको लगइन पेजमा यूआरएल फेरिएको तर गोपनीयता र डाटा सुरक्षा सेटिङ पुरानै रहेको सूचना राखिएको छ ।

    एक्सका मालिक एलन मस्कले एक पोस्ट गर्दै सबै ‘कोर सिस्टम’ अब एक्सडटकममा रहेको बताएका छन् ।

    एक्सडटकमसँग मस्कको पुरानो सम्बन्ध छ । सन् १९९ मा उनले यसै नामबाट व्यापार सुरु गरेका थिए र त्योपछि पेपाल बनेको थियो । उनले एक्सलाई चीनको विच्याट जस्तै 'एभ्रिथिङ एप' बनाउन चाहेका छन् ।

    द भर्जबाट ।


    प्रतिक्रिया दिनुहोस