बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बैंकिङ प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँबराबरको निक्षेप थुप्रियो


    हुलाक प्रेस

    • सोमबार, जेठ ७ २०८१०८:२७
    बैंकिङ प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँबराबरको निक्षेप थुप्रियो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । 

    केन्द्रीय बैंकका अनुसार जेठ १ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । वाणिज्य बैंकहरुको निक्षेप पनि स्थिर देखिएको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ ।  

    यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।  

    बैंकिङ प्रणालीको कुल कर्जा प्रवाह भने घटेको छ । जेठ १ गतेसम्म ५१ खर्ब १० अर्ब रहेको कर्जा प्रवाह १ अर्बले घटेर जेठ २ गतेसम्म ५१ खर्ब ९ अर्ब रुपैयाँमा सीमित बनेको छ । सीडी रेसियो  ८०.३५ प्रतिशतबाट घटेर ८०.३४ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने केन्दीय बैंकले राखेको ३ प्रतिशतको औषत लक्ष्य जति पुगेको छ । अन्तरबैंक ब्याजदर २.८९ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत कायम भएको छ । 

    राष्ट्र बैंकले अधिक तरलता देखिएपछि बजारबाट निक्षेप संकलनमार्फत तरलता खिचेको थियो । जसका कारण अन्तरबैंक ब्याजदर बढेर ३ प्रतिशत कायम हुन पुगेको हो । 


    प्रतिक्रिया दिनुहोस