बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?


    हुलाक प्रेस

    • बुधबार, जेठ ९ २०८१०८:३३
    महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको झण्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

    संस्थाले एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।  

    यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले जेठ २३ गतेभित्र आवेदन दिई सक्नुपर्नेछ ।  

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९ सय रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।  

    लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ । 


    प्रतिक्रिया दिनुहोस