बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्सेमा उछाल, २४ अंकले बढेको बजारमामा ५ अर्बमाथिको कारोबार


    हुलाक प्रेस

    • बुधबार, जेठ ९ २०८१०६:१५
    नेप्सेमा उछाल, २४ अंकले बढेको बजारमामा ५  अर्बमाथिको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २३.९४ अंकले बढेको छ । कारोबार समयको सुरुवाति चरणमा उत्तारचढाव भएको नेप्से मध्यान्ह १२ बजेपछिदेखि उकालो लाग्दै अन्तिम समयमा २१ सय १५ को विन्दुमा पुगेर बन्द भएको हो ।

    आज कारोबार अवधिभर ३ सय १७ कम्पनीका १ करोड ३२ लाख ४१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २० करोड ६२ लाख माथि पुगेको छ ।

    आज बजारमा कारोबारमा आएकामध्ये विकास बैंक र व्यापारबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसका कारण आज १ सय ९४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४३ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ । आज कारोबारमा आएक कम्पनीमध्ये ६ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

    आज पोखरा फाईनान्स कम्पनी लिमिटेडको सबैभन्दा बढी २४ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


    प्रतिक्रिया दिनुहोस