शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • शाहरुख खान अस्पताल भर्ना


    हुलाक प्रेस

    • बिहीबार , जेठ १० २०८१०९:१५
    शाहरुख खान अस्पताल भर्ना

    काठमाडौं । बलिवुडका किङ्ग शाहरुख खान अस्पताल भर्ना भएका छन् । मङ्गलवार अहमदावादमा आईपीएल म्याच हेर्न गएका उनलाई हिट स्ट्रोक आएपछि अस्पताल भर्ना गरिएको हो ।

    कोलकोत्ता नाइट राइडर्सका सेयरधनी समेत रहेका शाहरुख आफ्नो टिमको हौसला बढाउन छोराछोरीसहित अहमदावाद पुगेका थिए । जहाँ उनलाई हिट स्ट्रोक भएको थियो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्राको कमीले गर्दा उनलाई डिहाइड्रेसन भएपछि केडी अस्पतालमा भर्ना गरिएको थियो ।

    कोलकोत्ताकी सेयरधनी रहेकी जुही चावला र शाहरुख खानकी पत्नी अस्पताल पुगेकी छिन् । शाहरुखलाई भेटे पछि जुही चावलाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै चिन्ताको विषय नरहेको बताइन् ।

    उनले शाहरुखको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र उनी चाँडै स्वस्थ भएर फाइनल म्याचका लागि स्टेडियममै उपस्थित हुने पनि बताइन् ।

    कोलकोत्ता नाइट राइडर्स जारी आईपीएलको फाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि उसले सनराइजर्स हैदरावाद र राजस्थान रोयल्समध्येको विजेतासँग भिड्ने छ । 


    प्रतिक्रिया दिनुहोस