शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चलचित्र ‘लन्डन टु पेरिस’को ट्रेलर सार्वजनिक


    हुलाक प्रेस

    • सोमबार, जेठ १४ २०८१०८:४९
    चलचित्र ‘लन्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘लन्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् ट्रेलर सार्वजनिक गरिएको हो । 

    सार्वजनिक ट्रेलरले त्रिकोणात्मक प्रेम सम्बन्ध देखाएको छ । डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगेको त्रिकोणात्मक प्रेम सम्बन्धलाई ट्रेलरले देखाएको छ । 

    चलचित्रले ट्राभल लभस्टोरीको कथा भन्ने निर्माणपक्षले जनाएको छ । घनश्याम लामिछाने निर्देशित सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । 

    चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमासँगै कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । चलचित्र जेठ २५ गतेबाट रिलिज हुँदै छ ।


    प्रतिक्रिया दिनुहोस