बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विकल पौडेल विशेष अदालतबाट दोस्रो पटक भ्रष्टाचारी ठहर


    हुलाक प्रेस

    • सोमबार, जेठ १४ २०८१०९:२२
    विकल पौडेल विशेष अदालतबाट दोस्रो पटक भ्रष्टाचारी ठहर

    काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ ।

    न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेश गरी लाभ लिएको आरोपमा भ्रष्टाचारी ठहर गरेको हो ।

    विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । उनीमाथि झुटा विवरण पेश गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ ।

    अख्तियारले ९ वैशाख, २०८१ मा पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र(पीआर) लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस