बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नासाको टेलिस्कोपले देखायो बृहस्पति ग्रहमा रहेको रहस्यमय 'जेट स्ट्रिम'


    हुलाक प्रेस

    • शनिबार, कात्तिक ११ २०८०१२:४४
    नासाको टेलिस्कोपले देखायो बृहस्पति ग्रहमा रहेको रहस्यमय 'जेट स्ट्रिम'

    काठमाडौं । विगत केही वर्षदेखि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षको बारेमा महत्वपूर्ण जानकारी दिँदै आएको छ। यसै शृङ्खलामा, नासाको जेम्स वेब स्पेस टेलिस्कोपले बृहस्पति ग्रहको वायुमण्डलमा उच्च गतिको जेट स्ट्रिमको आश्चर्यजनक छवि खिचेको छ।

    यसको चौडाइ ४,८०० किलोमिटर छ। यो बृहस्पतिको भूमध्य रेखा माथि अवस्थित रहेको छ। बृहस्पति (जुपिटर) ग्रहको यो उच्च गतिको जेट स्ट्रिमको गति लगभग ५१५ किलोमिटर प्रतिघण्टा मापन गरिएको छ। जेम्स वेब स्पेस टेलिस्कोप वेबसाइटका अनुसार, यसले यो ग्रहमा कस्तो प्रकारको असमान वातावरण छ भनेर पत्ता लगाउन सक्छ।

    यसबारे स्पेनको एक विश्वविद्यालयका प्रोफेसर र खोजको विवरण दिने पेपरका प्रमुख लेखक रिकार्डो ह्युसोले भने, “यो तस्विर देखेर हामी छक्क पर्यौं। हामीले यसअघि बृहस्पति ग्रहको वायुमण्डलमा धुलोजस्तो कुहिरो देखेका थियौं। यो तस्बिर एकदम स्पष्ट छ र हामी यसलाई बृहस्पतिको द्रुत परिक्रमा संगै ट्र्याक गर्न सक्छौं।”

    अनुसन्धान टोलीले गत वर्ष जुलाईमा खिचिएको यो तस्विरको विश्लेषण गरेको छ।


    प्रतिक्रिया दिनुहोस