बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सबैभन्दा टाढाको आकाशगंगा फेला परेको नासाको दावी


    हुलाक प्रेस

    • आइतबार, जेठ २० २०८१०५:५६
    सबैभन्दा टाढाको आकाशगंगा फेला परेको नासाको दावी

    लस एन्जलस । नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्ले सबैभन्दा टाढाको ज्ञात आकाशगंगा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ ।

    यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुआती विस्फोट (बिग ब्याङ)को ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको थियो । खगोलशास्त्रीले ब्रह्माण्डको सुरुआत कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ हो ।

    यो ब्रह्माण्ड केवल एक विन्दुका रूपमा सुरु भयो । त्यसपछि विस्तारित, अहिले ठूलो रूपमा र अझै पनि फैलिइरहेको छ ।

    पछिल्ला दुई वर्षमा वैज्ञानिकले वेबको प्रयोग गरी ‘कस्मिक डन’को पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

    यी आकाश गंगाहरूले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ‘ब्ल्याक होल’हरू परिवर्तन भएका तरिकाहरूमा महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने नासाले जनाएको छ । रासस/सिन्ह्वा


    प्रतिक्रिया दिनुहोस