बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पीएनजीविरुद्ध वेस्ट इन्डिज पाँच विकेटले विजयी


    हुलाक प्रेस

    • सोमबार, जेठ २१ २०८१०८:०६
    पीएनजीविरुद्ध वेस्ट इन्डिज पाँच विकेटले विजयी

    काठमाडौं । आईसीसी ट्वान्टी विश्वकपमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पाँच विकेटको जित निकालेको छ । 

    आइतबार गुयनामा भएको खेलमा पीएनजीले प्रस्तुत गरेको १३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । 

    वेस्ट इन्डिजको जतमा रोस्टन चेजले अविजित ४२ रन बनाए । उनले २७ बलमा चार चौका र दुई छक्का प्रहार गरे । यस्तै, ओपनर ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ रन थप्दा कप्तान रोभमन पावेल र आन्द्रे रसेलले समान १५ रन जोडे ।

    पीएनजीका कप्तान असद भालाले दुई विकेट लिए । जोन कारिको, एलेइ नाओ र चाड सोपेरले समान एक विकेट लिए । 

    त्यसअघि टस हारेर ब्याटिङमा आएको पीएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो ।

    पीएनजीका शेशे वाउले ५० रनको अर्धशतकीय इनिङ खेले । उनले ४३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । किप्लिन डोरिगाले २५ रन बनाउँदा कप्तान असद भालाले २१ र चार्ल्स एमिनीले १२ रन थपे । चाड सोपरले १० रन बनाए ।

    वेस्ट इन्डिजका अल्जारी जोसेफ र आन्द्रे रसेलले समान दुई विकेट लिए । अकिल हुसैन, रोमारियो सेफर्ड र गुडाकेस मोटेले समान एक विकेट लिए ।

    प्रतियोगितामा वेस्ट इन्डिज र पीएनजी समूह ‘सी मा छन् । यो समूहमा वेस्ट इन्डिज र पीएनजीसँगै अफगानिस्तान, न्युजिल्यान्ड र युगान्डा छन् ।


    प्रतिक्रिया दिनुहोस