बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बैंकिङ प्रणालीको निक्षेप र कर्जा दुवै बढ्यो, अन्तरबैंक ब्याजदर ३%


    हुलाक प्रेस

    • बुधबार, जेठ २३ २०८१०९:१७
    बैंकिङ प्रणालीको निक्षेप र कर्जा दुवै बढ्यो, अन्तरबैंक ब्याजदर ३%

    काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २० गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब २६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत जेठ १९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२खर्ब २३ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  

    वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब १० अर्ब रुपैयाँ रहेको छ । जेठ १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ७ अर्ब रहेको थियो ।  

    यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि बढेको छ । गत जेठ १९ गते ५१ खर्ब २२ अर्ब रहेको कर्जा प्रवाह २ अर्बले बढेर ५१ अर्ब २४ करोड रुपैयाँ पुगेको पुगेको छ ।    

    सीडी रेसियो  ८०.११ प्रतिशतबाट घटेर ८०.०९ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ । जेठ १९ गते अन्तरबैंक ब्याजदर २.९७ प्रतिशत कायम थियो ।  


    प्रतिक्रिया दिनुहोस