बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • घरबाटो सिफारिस दिन घुस लिने वडाध्यक्ष भ्रष्टाचारी ठहर


    हुलाक प्रेस

    • बिहीबार , जेठ २४ २०८१०९:३९
    घरबाटो सिफारिस दिन घुस लिने वडाध्यक्ष भ्रष्टाचारी ठहर

    काठमाडौं । जग्गाको घरबाटो सिफारिस दिन घुस माग्ने कपिलवस्तुका एक वडाध्यक्ष दोषी ठहर भएका छन् । विशेष अदालतले कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ का वडाध्यक्ष उजेर अलीलाई दोषी ठहर गरेको हो ।

    विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार अलीलाई दोषी ठहर गरेको हो ।

    कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलीले जग्गाको घरबाटो सिफारिस लिन सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएका थिए । घुस लिँदै गरेको भन्ने सूचना पाएपछि पुगेको अख्तियारको टोलीले २०८० चैत १८ गते घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

    त्यसको एक महिनापछि २०८१ वैशाख १७ गते विशेष अदालतमा दर्ता भएको घुस रिसवतको मुद्दामा अदालतले अलीलाई दोषी ठहर गर्दै बिगो रकम बराबरकै जरिवाना सुनाएको हो । विशेष अदालतले अलीलाई दोषी ठहर गरेसँगै उनको वडाध्यक्षको पदसमेत गएको छ ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस