बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • विएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश, यसै शैक्षिक सत्रवाट विद्यार्थी भर्ना गर्न पाउने


    हुलाक प्रेस

    • बिहीबार , जेठ २४ २०८११०:०३
    विएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश, यसै शैक्षिक सत्रवाट विद्यार्थी भर्ना गर्न पाउने

    काठमाडौ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन आदेश जारी गरेको छ । 

    सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलगायतलाई व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई यसै शैक्षिक सत्रवाट एमबिबिएस अध्यापनका लागि विद्यार्थी भर्ना गर्न पाउने गरि सम्बन्धन दिन सो आदेश दिएको हो ।

    मेडिकल कलेज सञ्चालनका लागि लामो समयदेखि आशयपत्र लिएर बसेको बी एण्ड सी कलेजले सम्बन्धन नपाएपछि उक्त कलेजका मालिक प्रसाईँले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै रिट दायर गरेका थिए। उनले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई विपक्षी बनाएका थिए।

    कलेजले १५ फागुन २०७३ मा नै मापदण्ड तथा पूर्वाधार तयार गरी एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि काठमाडौँ विश्वविद्यालयसमक्ष निवेदन दिएको थियो। सम्बन्धन नदिएपछि बी एण्ड सीले सम्बन्धनका लागि विसं २०७७ असार २१ गते काठमाडौँ मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई रिट दायर गरेको थियो। ती सबै रिटको एकमुष्ट सुनुवाइ गरेर सर्वोच्चले चैत्र १२ गते निर्णय सुनाएको थियो ।

    गोविन्द केसीको आन्दोलनका कारण सबै मापदण्ड पुगेर पनि बि एण्ड सीले सम्बन्धन पाउन सकेको थिएन। सर्वोच्चको आदेशसँगै वि एण्ड सीले सम्बन्धन पाउने बाटो खुलेकोमा अहिले सर्वोच्चले विएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशन दिएको हो । यससँगै विएण्डसीले यसै शैक्षिक सत्रवाट एमबिबिएस अध्यापनका लागि विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने भएको छ ।


    प्रतिक्रिया दिनुहोस