बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ट्वान्टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै


    हुलाक प्रेस

    • आइतबार, जेठ २७ २०८१०८:३८
    ट्वान्टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिर–प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै छन् ।

    प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

    न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा भारतका रोहित शर्मा र पाकिस्तानका बाबर आजमको कप्तानीमा मैदान उत्रिनेछन् ।

    समूह ‘ए’मा रहेको भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।


    प्रतिक्रिया दिनुहोस