बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • झलनाथ खनाल सर्प पालन प्रतिष्ठानमा भ्रष्टाचार: पाँच जना दोषी ठहर


    हुलाक प्रेस

    • मंगलबार, असार ११ २०८११०:५८
    झलनाथ खनाल सर्प पालन प्रतिष्ठानमा भ्रष्टाचार: पाँच जना दोषी ठहर

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भएको भ्रष्टाचारमा ५ जना दोषी ठहर भएका छन् । 

    मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गरेको हो । 

    दोषी ठहर भएकामा मधेस प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादव समेत छन् ।  यस्तै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् । 

    लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।

    अदालतले असार २५ गतेका लागि सजाय निर्धारण गर्न पेशी तोकेको छ । अख्तियारले उक्त भ्रष्टाचारमा झण्डै १८ करोड बिगो मागदाबी गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस