बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बैंकिङ प्रणालीको निक्षेप संकलन ६२.७७ खर्ब पुग्यो, अन्तरबैंक ब्याजदर ३%


    हुलाक प्रेस

    • बुधबार, असार १२ २०८१०८:५७
    बैंकिङ प्रणालीको निक्षेप संकलन ६२.७७ खर्ब पुग्यो, अन्तरबैंक ब्याजदर ३%

    काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार असार ८ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ७७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । 

    गत असार ७ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ८० अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  

    वाणिज्य बैंकहरुको निक्षेप पनि ३ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ । असार ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ६० अर्ब रहेको थियो ।  

    यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २० अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि घटेको छ । गत असार ७ गते ५१ खर्ब २६ अर्ब रहेको कर्जा प्रवाह १ अर्बले घटेर ५१ अर्ब ३५ करोड रुपैयाँ पुगेको पुगेको छ ।    

    सीडी रेसियो ७९.६५ प्रतिशतबाट बढेर ७९.६८ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस