बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कडा रोगका बिरामीलाई तीन महिनाको औषधी दिन बिमा बोर्डको ताकेता


    हुलाक प्रेस

    • शुक्रबार, असार १४ २०८१०१:३७
    कडा रोगका बिरामीलाई तीन महिनाको औषधी दिन बिमा बोर्डको ताकेता

    काठमाडौं । स्वास्थ्य बिमा बोर्डले कडा रोगका बिरामीलाई तीन महिनासम्मको औषधि एकमुष्ठ उपलब्ध गराउन अस्पतालहरूलाई ताकेता गरेको छ ।

    केही कडा रोगका बिरामीले एकमुष्ठ औषधि नपाएको गुनासो गरेपछि बोर्डले यस्तो ताकेता गरेको हो । 

    २०८० मंसिर २७ गतेको बोर्ड बैठकले नियमित औषधि सेवन गर्ने बिमितलाई तीन महिनाको औषधि एकैपटक दिने निर्णय गरेको थियो । सो निर्णय कतिपय अस्पतालहरूले कार्यान्वयन नगरेको बोर्डले जनाएको छ । 

     


    प्रतिक्रिया दिनुहोस